Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पद्वारा अमेरिकी केन्द्रीय बैंकका प्रमुखको राजीनामा माग

ट्रम्पद्वारा अमेरिकी केन्द्रीय बैंकका प्रमुखको राजीनामा माग

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल प्रभावबाट राजीनामा दिन भनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा भनेका छन् , “धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ !”

    AGNI GROUP

    ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा पावेलको बारम्बार आलोचना गरेका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन ।

    पावेलको बारम्बार आलोचना गरे तापनि, राष्ट्रपतिले यस वर्षको सुरुमा भनेका थिए “पावेललाई बर्खास्त गर्ने उनको कुनै मनसाय छैन ।”

    ट्रम्पले आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाओस् भन्ने चाहन्छन् । यसैबीच, पावेलले मंगलबार भने – यदि ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुन्थ्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij