Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेयर बजार

नेप्से कति अंकले बढ्यो, साढे नौ अर्बको कारोबार

नेप्से कति अंकले बढ्यो, साढे नौ अर्बको कारोबार

  • काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.१४ अंकले बढेको छ । नेप्से परिसूचक ०.३३ प्रतिशतले बढेर २,७०३.९६ विन्दुमा बन्द भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आज नौ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार नौ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    AGNI GROUP

    आज १२२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२५ कम्पनीको सेयरमूल्य घटेको छ ।

    नेपाल फाइनान्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, खानिखोला हाइड्रोपावरको सेयरमूल्य ७.१७ प्रतिशतले बढेको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ । गुराँस लघुवित्त वित्तीय संस्थको सेयरमूल्य ९.९५ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij