Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

    images
    images
    images

    नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको पात्र आजै संसद सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ भने हाल ओली नेतृत्वको सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने तयारी गरेका छन् ।

    images

    प्रतिनिधिभासभा नाउपाका चार सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता हुने छ ।

    सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा शुक्रबार सुदूरपश्चिमको सरकारबाट बाहिरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij