Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

छोराद्वारा बाबुको हत्या

छोराद्वारा बाबुको हत्या

  • काठमाडौं । बाँकेमा टीभी हेर्न नदिएको रिसमा छोराले बुवाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका– २ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले शनिबार राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

    images
    images
    images

    राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    images

    इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको बताइन् ।

    ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, तर घरका अन्य सदस्य र छिमेकीहरुसँग बुझ्दा बुवाले टीभी हेर्न रोकेपछि रिसाएर हतियारले हानेको कुरा छ । स्थानीयले सूचना दिएसँगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भविलाल फरार भइसकेका थिए, प्रहरीले खोजी जारी राखेको छ’, उनले भनिन् ।

    भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको बैजनाथ गाउँपालिकाको वडा नं २ का अध्यक्ष राजु रुचालले बताए ।

    स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेबारी गरेर अलग्गै बसेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij