
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सर्वसम्मतले पारित भएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डरीले आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्माणार्थ प्रस्तुत गरेका थिए ।
उक्त विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता नभएको र सो विधेयकमा दफावार छलफलमा पनि कुनै पनि सांसदले सहभागी जनाएका थिएनन् ।
सभामा ‘महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सदनमा पेस गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij