Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।
न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४७, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई ) रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु २५ र मकै बोडी प्रतिकिलो रु ५५ कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा)रु ८०, टाटे सिमी मूल्य प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो साग प्रतिकिलो रु १४०, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३१०, कुरिलो प्रतिकिलो रु २००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजिवन प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ८००, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १०० र गुन्दु्रक प्रतिकिलो रु ३०० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु २८०, केरा (दर्जन) रु १३४, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३००, आँप (माल्द) प्रतिकिलो रु ९५, आँप (दशहरी) प्रतिकिलो रु ९०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (भारतीय) प्रतिकिलो रु ८५ निर्धारण गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij