Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकद्धारा विदेश भ्रमणमा जाने नेपालीहरूलाई सटही सुविधा

राष्ट्र बैंकद्धारा विदेश भ्रमणमा जाने नेपालीहरूलाई सटही सुविधा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरूलाई सटही सुविधामा वृद्धि गरेको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ व्यवस्था गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अब विदेश भ्रमणमा जाने नेपालीहरूले तीन हजार अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् । यसअघि यस्तो सुविधा दुई हजार पाँच सय अमेरिकी डलरसम्म रहेको थियो ।

    AGNI GROUP

    गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै भने, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रति पटक अमेरिकी डलर २५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij