Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।
न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो
५२ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ७५ रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडी प्रतिकिलो २५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो
५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ८५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १६० रुपैयाँ, तीतो करेला प्रतिकिलो ३० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ४० रुपैयाँ, चिचिण्डो प्रतिकिलो २५ रुपैयाँ, घिरौला प्रतिकिलो ४५ रुपैयाँ, झिगुनी प्रतिकिलो ५५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम ८०रुपैयाँ, भिण्डी प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो २४० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ३०० रुपैयाँ, नियूरो प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७५ रुपैयाँ, सजिवन प्रतिकिलो २३० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ ,तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ, अनार प्रतिकिलो ३ ५० रुपैयाँ, आँप (माल्दह) प्रतिकिलो १२५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १३० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १७० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ , रुखकटहर प्रतिकिलो ४५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij