Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सुर्खेतमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, पक्राउ पर्ने व्यक्ति जाजरकोट भेरी नगरपालिका–५ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ मा बस्दै आएका ३६ वर्षीय उदय चन्द हुन्।
पीडित किशोरीको जाहेरीपछि सोमबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको गम्भीरता र बालिकाको उमेरलाई ध्यानमा राख्दै अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रहरीले हाल आरोपी चन्दमाथि कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij