Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

  • काठमाडाैं । अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै बैंकहरूको ब्याजदर पनि घटेको हो ।

    images
    images
    images

    साउन महिनाका लागि ब्याजदर घटाएका बैंकहरूमध्ये,

    images

    नेपाल बैंक ५.४०%,

    कृषि विकास बैंक ५.४०%,

    लक्ष्मी सनराइज बैंक ५.५०%,

    images

    प्रभु बैंक ४.२५%,

    सिटिजन्स बैंक ५.५०%,

    एभरेष्ट बैंक ६.२५%,

    कुमारी बैंक ५.४१%,

    प्राइम बैंक ६.००%,

    राष्ट्रिय वाणिज्य बैंक ५.५०% र नेपाल एसबीआई बैंकले ५.३५% ब्याजदर कायम गरेका छन् । असार महिनामा यी बैंकहरूका ब्याजदर ५.४५% देखि ६.५५% सम्म थियो ।

    साउन महिनामा ब्याजदर बढाउने बैंकहरूमा हिमालयन बैंक र सानिमा बैंक छन् । हिमालयन बैंकले ५.५०% बाट ६.००% र सानिमा बैंकले ६.३३% बाट ६.५०% ब्याजदर वृद्धि गरेका छन् ।

    साउन महिनामा ब्याजदर स्थिर राख्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । व्यक्तिगत मुद्दती निक्षेपमा साउनमा पनि माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबी बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij