
Jul 20 2025 | २०८२, साउन ४ गते
ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।
उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्राचार्य २०५४ सालमा नेकपा एमालेबाट तत्कालिन ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएका उनी २०३२ सालमा ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए । बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।
उनको निधनमा महानगरपालिकाले आइतबार महानगरभित्र सार्वजनिक बिदा दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij