Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण कोरियामा भारी वर्षा : १४ जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षा : १४ जनाको मृत्यु

  • काठमाडौं । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो ।

    AGNI GROUP

    मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्किने र अकस्मात् बाढी ल्याएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

    मन्त्रालयको प्रतिवेदन अनुसार गाप्योङ र दक्षिणी सहर ग्वाङ्जुमा छ जना अझै बेपत्ता छन् ।

    गत हप्ताको सुरुमा सियोलको दक्षिणमा ओसानमा भारी वर्षाका क्रममा ओभरपासको रिटेनिङ पर्खाल ढलेपछि डुबानमा परेको कारमा तीन जना मृत फेला परेका थिए । उनीहरूको कार माटो र कङ्क्रिटले पुरिएपछि कार चालकको पनि मृत्यु भएको थियो ।

    स्थानीय समयानुसार आइतबार बिहान ९ बजेसम्म करिब तीन हजार आठ सय ४० मानिस आफ्नो घरबाट विस्थापित भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आइतबार दक्षिण कोरियाको धेरैजसो भागमा वर्षा रोकिएको छ भने देशभरि भारी वर्षाका चेतावनी हटाइएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij