Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । एनआईसी एशिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । “सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक” बन्ने दृढ संकल्पका साथ सुरु भएको यस बैंकको यात्राले आज देशभर अत्याधुनिक, प्रविधिमैत्री र उत्तरदायी बैंकको रुपमा आफूलाई स्थापित गरिसकेको छ ।
वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा अन्य सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै, “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मुल मन्त्रलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बैंकले जनाएको छ ।
बैंकले डिजिटल फस्ट बैंक बन्ने लक्ष्यसहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आएको छ भने भौतिक उपस्थिति विस्तारतर्फ समेत उस्तै महत्व दिएको छ । हालसम्म मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ सञ्जालमार्फत लाखौं ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ ।
वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै बैंकले मुगु, कालिकोट, बझाङ, जुम्ला, सल्यान, रुकुमजस्ता वित्तीय पहुँच न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी बैंकिङ्ग सेवा पुर्याएको उल्लेख गरेको छ । बैंकले राष्ट्रको समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउने दायित्वसँगै जिम्मेवार बैंकिङ्ग अभ्यासमा आफू अग्रसर रहेको स्पष्ट पारेको छ ।
भविष्यमा अझ सशक्त डिजिटल भुक्तानी सेवा, ग्राहकमैत्री सुविधाहरू र नविनतम प्रविधिको प्रयोगमार्फत बैंक सबैको पहिलो रोजाइ बन्ने अठोटका साथ अघि बढ्ने बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij