Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

श्रम तथा उत्पादनमा वाईसीएल अभियान

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ ।

    images
    images
    images

    श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरता स्वरुप वाईसीएल नेपालले मंगलबार बिहान मनोहरा सुकुमबासी बस्ती नजिकको मनोहरा नदी किनारमा तटबन्द गरेको जनाएको छ ।

    images

    मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुवान रोक्न अस्थायी तटबन्ध लगाइएको कार्यक्रम रहेको वाईसीएलका अध्यक्ष पुष्प वलीले जानकारी दिएका छन् । तटबन्ध लगाउने काममा माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि सहभागी भएका थिए ।

    नेता बस्नेतले पार्टीको जनतासँग जोडिने अभियान अन्तर्गत नै वाईसीएल नेपालले आज तटबन्ध गर्न लागेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij