Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

जागिर दिलाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

जागिर दिलाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

  • काठमाडौँ । सुर्खेतमा जागिर लगाइदिने भन्दै युवालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी युवालाई जागिर मिलाइदिने भनेर ठगी गर्ने ८ जनाको गिरोह प्रहरीले पक्राउ गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    वीरेन्द्रनगर नगरपालिका–३, मूलपानी चोक नजिक स्काई ड्रिम अन्टरपेनर्स प्रालि स्थापना गरी युवायुवतीलाई आकर्षक तलब सहित रोजगारी लगाउने प्रलोभनमा ठगी गरिरहेको ८ जनाको गिरोह पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले बताए।

    AGNI GROUP

    उनका अनुसार कर्णालीमा जागिर लगाइदिने नाममा युवायुवतीलाई ठगी गरी झन्डै ३ करोड बढी असुली गरेको अनुमान छ। प्रहरीले यो ठगी गर्ने गिरोह थप पनि हुन सक्ने भन्दै विस्तृत रूपमा अनुसन्धान गरिरहेको उनको भनाइ छ। 

    नेटवर्किङ व्यवसायको आवरणमा ठगी धन्दा गरिरहेका ८ जनालाई पहिलो चरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथापाले बताए। उनका अनुसार पक्राउ पर्नेहरूमा डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुलाको महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही, २२ वर्षीय वीरेन्द्र शाही, कञ्चनपुरको महाकाली नगरपालिका–२ का २२ वर्षीया मनीषा सिंह छन्। यस्तै, पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ का २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ का २२ वर्षीया सुनिता साउद र डोटीको बडीकेदार गाउँपालिका–४ का २२ वर्षीया कमला चिमला रहेका छन्।

    उनीहरू वीरेन्द्रनगरमा खोलेको स्काई ड्रिम अन्टरपेनर्स प्रालिमा व्यवस्थापक एवं कर्मचारीको पहिचानमा ठगी धन्दा गरिरहेको प्रहरीको भनाइ छ। उनीहरूले ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाएर रोजगारी लगाइदिने भन्दै एक जना व्यक्तिबाट २० हजारका दरले असुली गरेका छन्। रकम असुली गरी आफूसँग लिएका युवायुवती लाई आफूमातहत सदस्य बनाएर ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म उठाउन पनि लगाएको खुलेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij