Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं । गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरू लाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij