Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज देशभर नाग पञ्चमी मनाइँदै

आज देशभर नाग पञ्चमी मनाइँदै

  • काठमाडौं । आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ ।

    onlinepatrika
    Arghakhachi

    श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ।
    नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ ।

    AGNI GROUP

    सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

    नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ ।

    नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij