Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले बागमतीमा आज संसदीय दलको नेता चयन गर्दै

कांग्रेसले बागमतीमा आज संसदीय दलको नेता चयन गर्दै

  • काठमाडौं । बागमती प्रदेशमा नेपाली काँग्रेसले आज संसदीय दलको नयाँ नेता चयन गर्दै छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री बहादुरसिंह लामालाई प्रदेश कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर मंगलबार हटाइएको थियो। लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा कांग्रेसका ३७ मध्ये २२ सांसदले अविश्वास प्रस्तावको पक्षमा मत दिएपछि लामा संसदीय दलको नेताबाट हटेका हुन् ।

    AGNI GROUP

    लामाको पक्षमा १५ सांसदले मत दिएका थिए । संसदीय दलको नेता चयन गर्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । साथै निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् ।

    निर्वाचन समितिले बुधबार बिहान ८ बजे मतदाता नमावली प्रकाशन र दिउँसो २ बजेदेखि मतदानको समय तोकेको छ ।यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवानिकट दुवै नेता लामा र बानियाँबीचको विवादले अहिले बागमतीको सरकारनै विवादमा परेको छ ।अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

    यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij