Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पद्धारा ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

ट्रम्पद्धारा ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अबेर इरानबाट प्रतिबन्धित रसायन र पेट्रोकेमिकल उत्पादनहरू खरिद गर्ने २४ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका छन् । जसमा ६ भारतीय कम्पनीहरू पनि समावेश छन् । यसबाहेक चीनका ७, युएईका ६, हङकङका ३, टर्की र रुसका १-१ कम्पनी पनि समावेश छन् ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी विदेश मन्त्रालयले यी प्रतिबन्धहरूको घोषणा गरेको छ । मन्त्रालयले भनेको छ – ‘यी कम्पनीहरूले २०२४ मा युएई मार्फत १००० करोड रुपैयाँभन्दा बढी मूल्यका इरानी मूलका उत्पादनहरू आयात गरेका थिए । इरानले यो पैसा आफ्नो आणविक कार्यक्रम विस्तार गर्न र आतंकवादलाई आर्थिक सहयोग गर्न प्रयोग गरिरहेको छ ।’ मन्त्रालयले यसलाई अमेरिकी प्रतिबन्धको उल्लङ्घन भनेको छ। इरान २०१८ देखि प्रतिबन्धमा छ ।

    AGNI GROUP

    अमेरिकाले प्रतिबन्ध लगाएको अल्केमिकल सोलुसन्स प्रा.लि.माथि सबैभन्दा ठूलो आरोप छ । कम्पनीले जनवरी र डिसेम्बर २०२४ को बीचमा ८४ मिलियन डलर भन्दा बढी मूल्यको इरानी पेट्रोकेमिकल उत्पादनहरू आयात गर्यो। ग्लोबल इन्डस्ट्रियल केमिकल्स लिमिटेडले जुलाई २०२४ देखि जनवरी २०२५ सम्म ५१ मिलियन डलर भन्दा बढी मूल्यको इरानी मिथेनोल र अन्य उत्पादनहरू खरिद गरेको आरोप छ ।

    जुपिटर डाई केम प्रालिले सोही अवधिमा लगभग ४ करोड ९० लाख डलर बराबरको टोल्युइन सहित इरानी उत्पादनहरू आयात गरेको र रमणिकलाल एस. गोसालिया एण्ड कम्पनीले मिथानोल र टोल्युइन सहित लगभग डलरको २२ मिलियन मूल्यको पेट्रोकेमिकलहरू किनेको आरोप छ । यस्तै पर्सिस्टेन्ट पेट्रोकेम प्रा. लि.ले अक्टोबर र डिसेम्बर २०२४ को बीचमा १ करोड ४० लाख डलरको इरानी मेथानोल आयात गरेको र कञ्चन पोलिमर्सले १३ लाख डलर बराबरको इरानी पोलिथिलीन उत्पादनहरू खरिद गरेको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij