
Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दिपक प्रसाद देवकोटालाई राजीनामा बुझाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री लामाले सौं १८ गतेदेखि लागु हुने गरि राजीनामा दिएको जानकारी दिएको छ । लामाले पत्रकार सम्मेलन गरेर आइतबार राजीनामा दिएपनि प्रदेश प्रमुख अस्पताल भर्ना रहेकाले राजीनामा सोमबार मात्र बुझाएका हुन् ।
पार्टीको आन्तरिक विवादपछि संसदीय दलको नेताको हसियत गुमाएका लामाले एकवर्ष ९ दिन बागमती प्रदेश सरकारको नेतृत्व गरेर आइतबार राजीनामा दिएका हुन् । लामाले २०८१ को साउन ९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij