Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

  • काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सोमबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ विन्दुमा रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेप्से परिसूचक केही सम्हालिए पनि कारोबार रकम घट्ने क्रम निरन्तर जारी छ । आज कूल ३२५ वटा कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्तना शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा जम्मा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ रुपैयाँ कारोबार भएको छ ।

    AGNI GROUP

    अघिल्लो दिन आइतबार कूल ३१९ वटा कम्पनीका तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा जम्मा १३ अर्ब सात करोड पाँच लाख चार हजार ९२० रुपैयाँबराबरको कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij