Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

भीमनगर सीमाबाट नक्कली नोटसहित दुई जना पक्राउ

भीमनगर सीमाबाट नक्कली नोटसहित दुई जना पक्राउ

  • काठमाडौं । कोशी गाउँपालिका–८ भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले उनीहरूलाई गए राति नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।

    images

    प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट, जम्मा ३८ हजार रुपैयाँ बरामद गरिएको हो । बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij