Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने कानुन बनाउनु गलत: कमल थापा

कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने कानुन बनाउनु गलत: कमल थापा

  • काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाह लाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाह लाई मान्यता दिने खालको तयारी गरिरहेको उल्लेख गर्दै यसलाई तत्काल रोकिनुपर्ने बताएका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- कुनै पनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु सर्वथा अनुचित र गलत हो। सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने खालको तयारी गरिरहेको छ। यो कार्य तत्काल रोकिनु पर्दछ।

    सनातन संस्कृतिमा विवाह एक पवित्र बन्धन र संस्था हो। यो मान्यतालाई विकृत तुल्याउने गरी विगतमा समेत अनेक प्रपञ्चहरु रचिएका छन् ।

    बाह्य शक्तिहरूको उक्साहटमा सनातन धर्म संस्कृति र परम्परालाई कमजोर बनाउने षड्यन्त्र अनुरुप विवाहको पवित्र स्वरूपलाई समेत विकृत तुल्याउने कार्यहरू हुनु दुर्भाग्यपूर्ण छ।

    यसतर्फ समयमै सचेत रहन सबैमा आग्रह गर्दछु।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij