Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

छलफल

खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल

खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता भएको छ ।

    images
    images
    images

    झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक छलफल भएको थियो ।

    images

    साथै नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूको विश्लेषण गर्दै क्रान्तिकारीहरूको राष्ट्रिय कार्यभारमा समेत गम्भीर विमर्श गरिएको थियो ।

    श्रेष्ठले आफ्नो पार्टी स्थायी कमिटीको हालैको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यको अपिल गरेका थिए । झलनाथ खनालले पनि कम्युनिस्ट र वामपन्थी पार्टीहरूको एकता र सहकार्यमा आफूपनि सकारात्मक रहेको स्पष्ट पारेका छन् ।

    भेटवार्तामा नेपालमा भइरहेको ऐतिहासिक राजनीतिक परिवर्तनको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण र वैज्ञानिक समाजवादको स्थापना दिशातर्फ अघि बढ्न कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता माथि विशेष जोड दिइएको छ ।

    images

    यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij