
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij