
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीत ‘औँठी बैना’ सार्वजनिक गरिएको छ । गीतमा विष्णु इङ्नामको शब्द रहेको छ भने भिडियोमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय रहेको छ ।
हङकङमा छायाँकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय देख्न सकिन्छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।
भिडियो :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij