Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध हुन कमल थापाको अपिल

राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध हुन कमल थापाको अपिल

  • काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध हुन अपिल गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष थापाले विकल्प बन्ने क्षमता भएका राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू विभाजित भएको भन्दै सबै शक्ति एक हुन आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले भ्रष्टाचारी,अपराधी,नौटंकी र ठगहरुले आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजिरहेको बताउदैसम्पूर्ण राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध बन्नुपर्ने बताएका छन् ।

    उनले भनेका छन्- जनता विकल्प खोजिरहेका छन् । विकल्प बन्ने क्षमता भएकाराष्ट्रवादी,राजावादी,हिन्दुवादी शक्तिहरू विभाजित छौ । आरोप प्रत्यारोप र भिडन्तमा व्यस्त छौ । भ्रष्टाचारी,अपराधी,नौटंकी र ठगहरुले आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्न खोजिरहेका छन् ।

    सम्पूर्ण राष्ट्रवादी शक्तिहरू विनाशर्त एकताबद्ध बनौँ । उनले भ्रष्ट शासनबाट जनताले मुक्ति खोजेको अवस्थामा जनताको आक्रोश र असन्तुष्टिको फाइदा उठाउदै ठगहरु विकल्प दिन्छौं भन्दै अगाडी आएको बताउदै जनताको पक्षमा राप्रपा नेपालले कुनै शर्त नराख्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij