Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

लागुऔषधसहित महिला पक्राउ

लागुऔषधसहित महिला पक्राउ

  • काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ त्रिवेणी टोलकी करिब ४० वर्षीया पार्वती महतो मंगलबार पक्राउ परेकी हुन् ।

    images
    images
    images

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्ने क्रममा उनको घरभित्र कपडाको झोलामा राखिएको प्लास्टिकको सानो बट्टाभित्र १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।

    images

    पक्राउ परेकी महतोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij