Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ त्रिवेणी टोलकी करिब ४० वर्षीया पार्वती महतो मंगलबार पक्राउ परेकी हुन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्ने क्रममा उनको घरभित्र कपडाको झोलामा राखिएको प्लास्टिकको सानो बट्टाभित्र १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।
पक्राउ परेकी महतोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij