
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्री ओली, मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
जनता समाजवादी पार्टीले ३२ असार २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । तर त्यसको एक महिना बित्दा पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अदालतमा निवेदन दर्ता गरिएको हो ।
संविधानको धारा १०० अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रस्ताव संसद्मा पेस गर्नुपर्छ ।
यदि संसद्मा बहुमत नपाए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था पनि संविधानले दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij