
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौँ । गाजामा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । धेरै शहरहरूमा आयोजित यस प्रदर्शन र्यालीमा ठूलो संख्यामा मानिसहरू सहभागी भएको बताइएको छ ।
प्रदर्शनकारीहरूले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकहरूको जीवनलाई खतरामा पार्ने उनीहरुको दाबि छ । इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठनको लागि आह्वान गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन हाल अति दक्षिणपन्थी सदस्यहरूमा निर्भर छ, जसले युद्ध अन्त्य गर्न हमाससँगको कुनै पनि सम्झौताको विरोध गरिरहेका छन् ।
यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमण र कुपोषणका कारण पछिल्लो २४ घण्टामा ६० भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवले गाजाको अवस्थालाई मानवताको असफलताु को रूपमा वर्णन गर्दै तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।
यी सबै अवस्थाका बीच इजरायल सरकारले गाजामा पूर्ण कब्जा गर्ने आफ्नो रणनीतिमा अगाडी बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij