
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१, सिद्धेश्वरकी एक बालिकाको स्क्रबटाइफस संक्रमणका कारण मृत्यु भएको छ ।
सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
लगातार ज्वरो र रुघाखोकीपछि उनी सुरूमा नजिकैको औषधि पसल गएकी थिइन् । तर, अवस्था बिग्रिएपछि उनलाई गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । अक्सिजन कम देखिएपछि उनलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको थियो । तर, बाटैमा बेहोस भएको र अस्पताल पुर्याउन नपाइ मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुदन भट्टराईले जानकारी दिए ।
समयमा अस्पताल नलगिनु, स्वास्थ्य अवस्था जटिल हुनु र स्क्रबटाइफस पोजेटिभ देखिनु बालिकाको मृत्युको प्रमुख कारण बनेको उनले सुनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij