
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा समयमै नवीकरण नगर्ने परिवारलाई अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
बोर्डले प्रकाशित सूचनाअनुसार, बीमा सकिएको मितिदेखि तीन महिनाभित्र नवीकरण गरे मूल बीमा रकमसहित १० प्रतिशत थप शुल्क तिर्नुपर्नेछ । त्यस्तै, छ महिनाभित्र नवीकरण गरे ३० प्रतिशत, एक वर्षभित्र नवीकरण गरे ५० प्रतिशत थप शुल्क लाग्नेछ ।
दुई वर्षपछि नवीकरण गर्दा बीमा रकमको तीन गुणा र तीन वर्षपछि नवीकरण गर्दा चार गुणा बराबर शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डका अनुसार, अब बीमा नवीकरण अनलाइनमार्फत (इसेवा, कनेक्ट आइपिएस, खल्ती) सजिलै गर्न सकिनेछ । नागरिकलाई समयमै बीमा नवीकरण गरी थप आर्थिक भार नपार्न आग्रह गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij