
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वीरगञ्जमा हैजाको संक्रमण तीव्र रुपमा फैलिँदा पनि नियन्त्रणका लागि आवश्यक र प्रभावकारी कदम चाल्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ । ऊर्जा तथा जलस्रोत विभागका प्रमुख श्रीराम न्यौपाने १० बुँदे सुझाव अघि सारेका हुन् ।
सरकारसँग यो तथ्याङ्क हुँदाहुँदै चालु आर्थिक वर्षमा खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड मात्र बजेट विनियोजन गर्नुले पनि सरकार कति जिम्मेवार छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।’
रास्वपाका १० सुझाव:
२. खानेपानी मन्त्रालयलाई विशेष बजेट–दूषित पानीका स्रोत मर्मत तथा नयाँ शुद्धीकरण प्रणालीका लागि बजेट विनियोजन गरियोस्।
३. नियमित परीक्षण र अनुगमन – सार्वजनिक र निजी तवरबाट सेवा प्रवाह गरिने पानीका स्रोतको गुणस्तर निरन्तर परीक्षण गरियोस्।
४. जनचेतना अभियान – पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने तथा सरसफाइबारे सचेतना फैलाइयोस् ।
५. स्वास्थ्य सेवा विस्तार – हैजाग्रस्त क्षेत्रमा अस्थायी स्वास्थ्य शिविर स्थापना गरियोस् ।
६. स्थानीय सरकारको सक्रियता – वडास्तरमा खानेपानी आपूर्ति र शुद्धीकरणलाई प्राथमिकता दिइयोस् ।
७. दीर्घकालीन पूर्वाधार सुधार – आधुनिक फिल्ट्रेसन, पाइपलाइन स्तरोन्नति र मर्मतमा लगानी बढाइयोस् ।
८. साझेदारी र समन्वय – संघ, प्रदेश, स्थानीय सरकार, नागरिक समाज र सामाजिक संस्थाबीचको समन्वयलाई सशक्त बनाइयोस् ।
९. स्रोत संरक्षण – नदी, इनार, ताल आदिलाई फोहोरमुक्त राख्ने कानूनी व्यवस्थाको कार्यान्वयन गरियोस् ।
१०. नागरिकलाई सचेत रहन आग्रह – उमालेर मात्र पानी पिउन, सरसफाइमा ध्यान दिन र स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अपील गर्दछौं ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij