Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भदौ २० गते शुक्रबार हुने भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा उपसभामुख इन्दिरा राना मगरले रिक्त रहेको संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भदौ २० गते हुने जानकारी दिदै निर्वाचनको तालिका सार्बजनिक गर्न संघीय संसद सचिवालयका महासचिवलाई निर्देशन दिएकी छन् ।
यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij