Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अछाममा एउटै रुखको हाँगोमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला

अछाममा एउटै रुखको हाँगोमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला

  • काठमाडौं । अछाममा १७ र १५ वर्षीया दुई किशोरी मृत फेला परेका छन् । तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा आज बिहीबार एउटै रुखको हाँगोमा झुन्डिएको अवस्थामा उनीहरूलाई मृत फेला पारिएको हो ।

    onlinepatrika
    Arghakhachi

    तुर्माखाँद गाउँपालिका–६ का उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । घटनास्थल उनीहरूको घरबाट ४ सय मिटर टाढा छ ।  

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले बिहान ९ बजे स्थानीयले देखेपछि आफूहरूले जानकारी पाएको बताए । उनले स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको र जिल्लाको टोली पुग्ने क्रममा रहेको बताए । 

    घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij