Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति

  • पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सञ्चार एवं सूचनाप्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै दर्ता हुन नआएका फेसबुक लगायतका सामाजिक सञ्जाललाई निष्कृय बनाउने निर्णय गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    सो निर्णयप्रति असहमति जनाउँदै महासंघले सरकारले कुनै विकल्प बिना निर्णय गरेको भन्दै आपत्ति जनाएको हो ।

    AGNI GROUP

    ‘कुनै पनि विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउने मात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुनसक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा मममहासंघ आश्चर्य प्रकट गर्दछ,’ महासंघले भनेको छ ।

    महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कदमलाई स्वीकार गर्न नसक्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij