
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौँ । नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ ।
आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो ।
बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् । सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि कांग्रेसले अहिलेसम्म औपचारिक धारणा सार्बजनिक गरेको छैन ।
कांग्रेसका महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्बजनिक गर्दै सरकार उल्टो बाटो हिडेको आरोप लगाएका थिए । सरकारले सर्वोच्च अदालतको परमादेशको हवाला दिदै दर्ता नभएका २६ सामाजिक बन्द गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij