Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन

  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् ।

    images
    images
    images

    अध्यक्ष सिफारिस समितिले भदौ १३ गते सात दिनको अवधि राख्दै दरखास्त माग गरेकोमा १४ जनाले आवेदन दिएका हुन् । समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो ।

    images

    यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त गरेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त छ ।

    अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij