Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पारेका छन् ।
प्रतियोगितामा ४५ जना कर्मचारीले भाग लिएका थिए । प्रमुख सचिव बावुराम अधिकारीसहित रोड रेसमा सहभागीहरू मध्ये अधिकांशले यात्रा पूरा गरेका थिए ।
रोड रेसमा दोस्रो स्थान स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत, तेस्रो लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, चौथो आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत, पाँचौं युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली, छैठौं वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी, सातौं प्रदेश सभा सचिवालयका अशोककुमार घर्तिमगर, आठौं प्रदेश लेखा नियन्त्रण कार्यालयका सतेन्द्र राय, नवौं उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लालबहादुर कुवर र दशौं स्थानमा प्रदेश सभा सचिवालयका किरणकुमार थारु बने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij