
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन् । यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदको माथिल्लो सदनमा बहुमत गुमाएको थियो ।
यसपछि इशिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण बनेको भनिन थाल्यो ।
जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।
चुनावको समयमा प्रधानमन्त्री इशिबाले आफू पदमा रहने बताएका थिए। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरे ।
“जापानले अगस्ट १ सम्ममा अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ । यो मेरो प्राथमिक जिम्मेवारी हो,” इशिबाले त्यतिबेला भनेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij