
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) का नवनिर्वाचित सभापति रामहरी खतिवडाले शपथ लिएका छन् । सोमबार खतिवडालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन् । खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा भदौ २० गते निर्बिरोध निर्वाचित भएका थिए ।
शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलगायत उपस्थित रहेका थिए ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।
यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij