Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

इजरायलको रामोन विमानस्थलमा यमनको आक्रमण

इजरायलको रामोन विमानस्थलमा यमनको आक्रमण

  • काठमाडौं । इजरायली अधिकारीहरूले यमनबाट प्रहार गरिएको ड्रोनले दक्षिणी इजरायलको रामोन विमानस्थलमा प्रहार गरेको बताएका छन् ।

    images
    images
    images

    आक्रमणबाट टर्मिनल भवनमा क्षति पुगेको छ र कम्तीमा दुई जनालाई सामान्य चोटपटक लागेको छ । आक्रमणपछि केही समय उडानहरू रोकिएका थिए। यद्यपि, अब विमानस्थलको सञ्चालन पुनः सुरु भएको छ ।

    images

    इजरायली सेनाले ड्रोन आक्रमण अघि कुनै चेतावनी साइरन बजेको बताएको छ । ड्रोन किन पहिचान गर्न असफल भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

    यसअघि इजरायली वायुसेनाले यमनबाट पठाइएका तीनवटा ड्रोन खसालेको थियो । गत महिना, यमनका हुथी विद्रोहीहरूका प्रधानमन्त्री अहमद गालिब अल-राहवी इजरायली आक्रमणमा मारिएका थिए ।

    यसपछि हुथी विद्रोहीहरूले बदला लिने चेतावनी दिएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij