
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार हालसम्म १४ जनाको मृत्यु भएको हो । प्रदर्शनमा घाइते भएकामध्ये २४ जनाको अवस्था गम्भीर रहको बताइएको छ ।
स्रोतका अनुसार प्रदर्शनमा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा २ जना र केएमसी अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
त्यसै गरी प्रदर्शनमा घाइते भई उपचारका लागि पाटन अस्पताल लगिएका ४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । त्यसै गरी ट्रमा सेन्टरमा ४ जना, केएमसी अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा ६ जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।
मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन । प्रदर्शनमा १६० जनाभन्दा बढी घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij