
Sep 09 2025 | २०८२, भदौ २४ गते
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ नगरपालिका भित्रआवात जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म भक्तपुरका मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका,चाँगुनारायण नगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij