Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विपक्षी दल

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल

ओलीको राजीनामा माग

  • काठमाडौँ । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान बसेको विपक्षी दलहरुको बैठकले गणतन्त्रको इतिहासमै कलंकित पार्ने सोमबारको घटना अस्वीकार्य भएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनले जानकारी दिएका छन् ।

    AGNI GROUP

    बैठक बारे जानकारी दिदै पुनले भने- प्रतिपक्ष दलहरुको तर्फबाट गणतन्त्रकै कलंकको रुपमा भन्न सकिने घटना भएको छ । यो ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश र भ्रष्ट सरकारको रवैया अस्वीकार्य छ । त्यसैले सबै घटनाको जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ ।

    युवाहरुको मागलाई सम्बोधन गर्दै सबै स्थिति साम्य गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । सामाजिक सञ्जाल बन्द गरिसकेपछि भएको युवाहरुको असन्तुष्टिलाई निरङ्कुश सरकारले बुझ्ने सकेन, स्वछाचारी ढंगले अगाडी बढ्न खोज्यो ।प्रचण्डले बोलाएको आजको बैठकमा रास्वपा भने उपस्थित भएको थिएन ।

    आजको बैठकमा माओवादी केन्द्रसहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरु सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij