
Sep 09 2025 | २०८२, भदौ २४ गते
ललितपुर । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।
काठमाडौं उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन थप उग्र बन्दै जाँदा उनीहरूको निशानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि परेका हुन् ।
कर्फ्युका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिने क्रममा एउटा समूह प्रचण्ड निवास खुमलटार पुगेको थियो । त्यहाँ प्रदर्शनकारीहरूले प्रचण्डविरुद्ध चर्का नारा लगाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij