
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि निरघात कुटपिट भएको छ ।
काठमाडौंको बूढानिलकण्ठस्थित देउवाको घरमा तोडफोड तथा आगजनी गर्न पुगेका युवाहरूले देउवा दम्पत्तिमाथि कुटपिट गरेका हुन् । युवाहरूको कुटपिटबाट उनीहरू गम्भीर घाइते भएका छन् ।
प्रदर्शनकारीले देउवा निवासमा आगजनीसमेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij