
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन् । भाटभटेनी चेनको यो पहिलो स्टोर हो । आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।
‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, स्टोरमा पूरै आगो लगाइएको छ । भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए । यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij