Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जेनजीको सोमबार र मंगलबारको आन्दोलनले देशमा शासन व्यवस्था हल्लाएको छ र अब नयाँ परिवर्तनको दिशामा देश जाने निश्चित छ ।
पुराना राजनीतिक दललाई जेनजीको आन्दोलनले तहसनहस बनाइदिएको छ भने अब उनीहरुको पुनरागमन हुने कुरामै अनेकौं आशंका रहेका छन् । बुधबारसम्म कांग्रेस र एमालेले आफ्ना कुरा राखे र संबिधान भित्रबाटै समाधान खोज्नुपर्ने बताए ।
तर देश भने अब जेनजीको विचारमा अगाडी बढ्ने बाटोमा रहेको छ । जेनजीलाई वैचारिक रुपमा काठमाडौँ महानगरका मेयर बालेन शाहले गाइड गरेका छन् । उनले अलमलमा रहेका जेनजीलाई बुधबार राति एक पोष्ट गर्दै संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्ने र छिटो नयाँ चुनाव गर्ने स्पष्ट रोडम्याप दिएका छन् ।
बालेनको रोडम्याप अनुसार देश अगाडी गएमा सुशिला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित प्राय रहेको छ । केहि पक्षले संविधानको व्यवस्था अनुसार कसरी सुशिला प्रधानमन्त्री बन्न मिल्छ भन्ने जस्ता प्रश्न गरेका छन् । यति ठुलो आन्दोलनले पुरानो सत्ता ढालेको र पुराना दलको राजनीतिक विरासत ढालेको अवस्था हो । यसमा दलहरुले के भन्छन् ? लोकतन्त्रको के हुन्छ भन्ने प्रश्न अहिलेको अवस्थामा ओझेलमा परिसक्यो । कलिला युवाको रगत बगेको यस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने सहित र उत्तम बाटो बालेनको रोडम्याप नै हो । अहिलेको अवस्थामा यो भन्दा उत्तम विकल्प खोज्नु नै हुदैन । केहिले बालेनका बारेमा टिप्पणी गर्दै महानगरमा काम गर्न नसकेको, अराजक भएको, कवाडी र साइकलमा व्यापार गर्नेलाई लखेटेको जस्ता आरोप लगाउने गरेका छन् ।
यसको काउन्टर प्रश्न गणतन्त्रलले दिएको महँगो स्वतन्त्रताले आज देशको हालत यस्तो भएको हामीले बिर्सन हुदैन । खर्चिलो चुनाव, नेताहरुका आसेपासेको रजाई, बिचौलिया र सिण्डिकेटले जेलिएको राजनीतिक नेतृत्वले देशलाई निरासाको पराकाष्ठमा पुयाएको नतिजा हो हो अहिलेको समय अर्कोतर्फ सायद अहिले बालेनले चाहेको भए प्रधानमन्त्री सजिलै हुनसक्ने अवस्था थियो तर उनले चुनाव पर्खेको बुझ्न सजिलै सकिन्छ । त्यसैले उनी अति उत्तम नहुन सक्छन् तर अहिले हाम्रो अगाडी देखिएका सबै विकल्प मध्ये सहि विकल्प बालेन नै हुन् र उनले अगाडी सारेको रोडम्याप हो । जसले जेनजीको चाहनालाई दिशानिर्देश गर्दछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij