Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

काठमाडौं उपत्यकाका सडकमा खटिन थाल्यो प्रहरी

काठमाडौं उपत्यकाका सडकमा खटिन थाल्यो प्रहरी

  • काठमाडौं ।‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको नियन्त्रणबाहिर रहेको सुरक्षा निकायमध्येको नेपाल प्रहरी सक्रिय बन्न थालेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार, ड्युटीका लागि प्रहरी खटाउन थालिएको छ । “प्रहरी अब सक्रिय बन्दै गएको छ । सडकमा पनि केही प्रहरी खटाउन थालेका छौँ,” प्रहरीका एक अधिकृतले भने ।

    AGNI GROUP

    भदौ २३ र २४ मा ‘जेनजी’ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले काठमाडौं उपत्यकाका प्रहरी वृत्तमा आगजनी गर्नुका साथै हातहतियार र पोसाक खोसेका थिए ।

    त्यस्तै, हिरासतबाट भागेका कैदीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ । लुटिएका हातहतियार पनि फिर्ता दिन र पोसाकको दुरुपयोग नगर्न भन्दै सर्वसाधारणसँग सूचना माग गरेको छ ।

    प्रदर्शनकारीहरूको आक्रमणमा परेपछि प्रहरी सैनिक व्यारेक पुगेका थिए । देशमा सिर्जिन अवस्थालाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले सुरक्षा जिम्मा लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij